एसईई परीक्षाको शिक्षा राज्यमन्त्रीद्धारा अनुगमन



पुष्कर बुढाथोकी,भक्तपुर ।

गत चैत्र ३ गतेदेखी शुरु भएको एसइई परिक्षा सञ्चालन भएका बिद्यालयहरुमा आईतबार शिक्षा राज्यमन्त्री धनमाया विक ,सचिव शान्तबहादुर श्रेष्ठ र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले अनुगमन गर्नुभएको छ ।

एसएलसीको रुपान्तरित प्रणाली माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेण्डरी एजुकेशन एक्जाम (एसईई) को भक्तपुरका बिद्यालयमा आइतबार तेस्रो दिनको परिक्षाको अनुगमन गर्नुभएको हो ।

राज्यमन्त्री विकले जिल्लाका एभरेष्ट माबि, मेधा मावि, शान्ति निकेतन माबि र चाणक्य माबिको अनुगमन गर्नुभयो ।

सचिव श्रेष्ठले आदर्श माबि सानोठिमीको र महानिर्देशक पौडेलले खरिपाटीस्थित श्रीकृष्ण माबिको अनुगमन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्