ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष जोशीको निधन

0
Shares

काठमाडौं, (नेस)
ब्लड डोनर्स एसोसिएसन
नेपालका अध्यक्ष महेन्द्रविलास
जोशीको शुक्रबार बिहान ५६ वर्षको उमेरमा निधन भएको छ। खोटाङको हलेसी महादेवमा श्रीमतीसँग मन्दिरमा दर्शन गर्न जाने क्रममा हृदयघात भई राति ११ः३० बजे उहाँ निधन भएको थियो।

उहाँ एसोसिएसन स्थापना
कालदेखि नै सक्रिय हुनुका साथै हाल अध्यक्ष हुनुहुन्थ्यो। कामनपा वडा नं. १७ का पूर्वअध्यक्ष तथा सिम्रिक युवा परिवारका पूर्वअध्यक्ष उहाँ विभिन्न संघ–संस्थामा समेत आबद्ध हुनुहुन्छ।

उहाँले रक्तदाताहरूले दान
गरेको रगत बिरामीहरूले निःशुल्क पाउनुपर्ने भन्दै नेपाल सरकार र
नेपाल रेडक्रस सोसाइटीमा बुलन्द आवाज उठाइरहनुभएको थियो। उहाँको पार्थिव शरीरलाई ब्लड डोनर्स एसोसिएसन नेपालका झन्डा ओडाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

उहाँको शव शनिबार खोटाङबाट ल्याई १७ वडा छत्रपाटी चोकको डबलीमा दुई घण्टा श्रद्धाञ्जलिका लागि राखिएको थियो भने त्यहाँबाट १७ वडामा शवयात्रा गरी
शोभाभगवती करणदीपमा अन्त्येष्टि गरिएको थियो।

उहाँको परिवारमा श्रीमती र दुई छोरीहरू छन्। उहाँलाई श्रीमतीले दागबत्ती दिनुभएको थियो।

Skip This