केडिया फाउण्डेसनद्वारा पुरस्कार



काठमाडौं, (नेस)

कानुन व्यावसायी क्लब र शंकरलाल केडिया फाउण्डेसनको संयुक्त आयोजनामा स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता प्राडा अम्बरप्रसाद पन्तलाई सम्मान गरिएको छ। यस्तै स्व. शंकरलाल स्मृति युवा कानुन पुरस्कार पंकजकुमार कर्ण र स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार प्राडा लक्ष्मणप्रसाद मैनालीलाई प्रदान गरिएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यता तथा कानुन व्यवसायी क्लबका अध्यक्ष कमलनारायण दासको सभापतित्वमा सो सम्मान समारोह सम्पन्न भएको थियो। समारोहमा सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका वरिष्ठ पूर्वन्यायाधीश कानुनवेत्ताहरू, कानुन क्षेत्रका महानुभावहरू, कानुन व्यवसायी क्लबका सदस्य र पदाधिकारीहरू, वरिष्ठ अधिवक्ताहरू र अन्य गन्यमान्य व्यक्तिहरूका साथै शंकरलाल केडिया फाउण्डेशनबाट अनिलकुमार केडियाको उपस्थिति रहेको थियो।

कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउण्डेशनको संयुक्त तत्वावधानमा विगतदेखि स्व. शंकरलाल केडिया कानुन पुरस्कार, कानुन युवा पुरस्कार, उत्कृष्ट कानुन पुस्तक पुरस्कार एवं कानुन पत्रिकामा वर्षभरिमा प्रकाशित लेख रचनामध्ये उत्कृष्ट लेख, रचनाका लेखकलाई उत्कृष्ट कानुन लेखन पुरस्कार प्रदान हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्