कास्कीमा एचआइभी सङ्क्रमितको सङ्ख्या बृद्धि



पोखरा, ४ चैत । एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी÷एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एचआइभी सङ्क्रमित छन् । गत वर्षको सोही अवधिमा एक हजार नौसय एचआइभी सङ्क्रमित थिए । सङ्क्रमितमध्ये नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि ९८८ जनाले खाइरहेको स्रोत व्यक्ति ढकालले बताउनुभयो ।

अवैध यौन सम्बन्धले भन्दापनि लागु औषध सेवन गर्ने सुईबाट बढी युवा एचआइभी सङ्क्रमित भएको उहाँले बताउनुभयो । अठार वर्ष भन्दा मुनिका ५३ जना एचआइभी सङ्क्रमितलाई सरकारले मासिक एक हजार भत्ता उपलब्ध गराइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्