दुर्घटनामा मृत्यु



नवलपरासी, १ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा आज भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४३६४ नंको बसले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा बसको ठक्करबाट घाइते दर्लामीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्