भारतले माफी माग्नुपर्छः ओली



नेपाल समाचारपत्र
चितवन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ।

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत शनिबार नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो– ‘अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ। भारतको बलियो छु, भन्ने घमण्ड हो। अर्काको सिमानामा पस्न पाइँदैन। अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ।’

सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उहाँले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाउनुभयो। आपराधिक तत्वहरूलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उहाँले भन्नुभयो– ‘हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्काे हुन्छ भन्न चाहन्छौँ।’

प्रतिक्रिया दिनुहोस्