बाग्मती सफाइ अभियान दुई सयौँ हप्तामा



काठमाडौँ, २८ फागुन । बाग्मती सफाइ महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्म हजारौँ सहभागीले पदयात्रा गरी सफाइलाई मुलुकभर निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

महाअभियानका क्रममा हालसम्म करिब एक हजार छसय सङ्घसंस्थाको सहभागितामा आठ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको बताइएको छ ।

बिहानदेखि नै वर्षा भइरहे पनि पदयात्रामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता सुवास नेम्बाङलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सङ्घसंस्थाका कर्मचारी, युवा, सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा मुख्य सचिव डा सोमलाल सुवेदीले दशबुँदे प्रतिबद्धतापत्र पढ्दै नेपालका हरेक व्यक्ति आफ्ना घर, आँगन, कार्यालय, नदीनाला आदिको सफाइका लागि निरन्तर जुट्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्