घूस लिएको आरोपमा नायब सुब्बा पक्राउ



काठमाडौं, (नेस)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समिति, काठमाडौंका नायव सुब्बा गोवद्र्धन खड्कालाई सेवाग्राहीसँग घूस लिएको आरोप लगाइ शुक्रबार पक्राउ गरेको छ।

नायव सुब्बा खड्काले अध्याय ट्रेड एन्ड सप्लायर्सका कर्मचारीसँग बालुवा गिटीको कर उठाउने क्रममा प्रयोग गरिने बिलप्याड नमिलेको र सो मिलाउनका लागि स्थानीय विकास अधिकारी वा योजना अधिकृतलाई मासिक १ लाख वा एकमुष्ठ ५ लाख रुपियाँ दिनुपर्ने उल्लेख गर्दै दुःख दिने गरेको अख्तियारले आरोप लगाएको छ।

अख्तियारले सो सप्लायर्सका कर्मचारीसँग शुक्रबार ४ लाख रुपियाँ घूस लिँदै गर्दाको अवस्थामा नायव सुब्बा खड्कालाई उहाँकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारबाट थाहा भएको छ।

प्रतिक्रिया दिनुहोस्