मिर्गौला रोगीलाई दुई लाख



sdr

काठमाडौं, (नेस)
नेपाल चाइनिज गाइड एसोसियसनले विश्व मिर्गौला दिवसको अवसर पारेर दुवै मृर्गाैला बिग्रिएका राजेन्द्रकुमार कार्कीलाई बिहीबार आर्थिक सहयोग उपलब्ध गराएको छ।

एसोसिएसनका अध्यक्ष आपुलाल अवालेले स्याङ्जा घर भई स्वयम्भूमा बस्ने कार्कीलाई उहाँकै निवासमा २ लाख ८ हजार ८ सय रुपियाँ हस्तान्तरण गर्नुभएको हो।

एसोसियसनका कार्यकारी सदस्य ईश्वरीप्रसाद ज्ञवालीको नेतृत्वमा राजेन्द्र कार्की सहयोग अभियान सञ्चालन गरी टुरिस्ट गाइडहरूबाट ४ दिनमा सो रकम संकलन गरिएको थियो।

कामकै सिलसिलामा केही महिनाअधि उहाँ ९ दिनसम्म बेहोस हुनुभएको थियो। उपचारका क्रममा उहाँका दुवै मिर्गाैला काम नलाग्ने अवस्थामा पुगेको पत्ता लागेको थियो।

हप्तामा तीन पटक डायलासिस गराउँदै आउनुभएका उहाँले आर्थिक सहयोगको लागि एसोसियसनलाई अनुरोध गर्नुभएको थियो।

अध्यक्ष अवालेसहित उहाँको निवासमा पुगेका पदाधिकारीहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्