बनकालीमा  सामूहिक जनैधारण कार्यक्रम आयोजना हुँदै



काठमाडौं, फागुन २५
शिव सेना नेपालले राजधानीको पवित्र पाशुपत क्षेत्रमा पर्सी विहीवार सामूहकि जनैधारण कार्यक्रम आयोजना गर्न लागेको छ । शिव सेनाका अध्यक्ष अनिल बस्नेत (बाबा)ले बुधवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । शिव सेना नेपाल र शिवशक्ति राहुलेश्वरानन्द फाउण्डेशनको आयोजनामा यो कार्य हुन लागेको हो ।

कार्यक्रममा फाउण्डेशनका संरक्षक राहुलेश्वरानन्द महाराज पनि सहभागी हुने तय भएको छ । उक्त सामूहिक ब्रतबन्धमा कम्तिमा पनि एकहजार जना बटुक आउने छन् । ब्रतबन्धको सबै व्यवस्थापन र भोजन निशुल्क गर्न लागिएको छ । अध्यक्ष बस्नेतले ब्रतबन्ध गर्न योग्य सबै जातिका सबैलाई सहभागीताका लागि आह्वान गरेका छन् ।

उनका अनुसार विहान ७ः३० देखि कार्यक्रम शुरु हुनेछ । यो देशभरि चल्नेछ । सहभागी बैलाई  निशुल्क भोजनको व्यवस्था गरिएको. छ । अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा भने, ‘जातीय छुवाछुतविरुद्ध यो क्रान्तिको उद्घोष हो ।

हिन्दु धर्मभित्रका विकृति हटाउन यो आयोजना गरिएको हो । हामी शिवका सेना हौँ, बेदमा विश्वास गर्छौँ । बेदले विभेदमा विश्वास गरेको छैन, हामी कुनै पनि प्रकारको जातीय विभेद मान्दैनौँ ।’

उनले देशैभरिबाट आउने क्रम जारी रहेको पनि बताए । उनले भने, ‘दार्चुलादेखि कैलाली, झापादेखि नवलपरासीसम्मका मानिस आइरहनुभएको छ । सबै जात, क्षेत्रबाट सहभागीता भएको छ ।

धर्मको नाममा धार्मिक आडम्बरका साथ चलिआएको सामाजिक तथा धार्मिक विभेदको अन्त्यको लागि समावेशी जनैधारण कार्यक्रम राखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्