आर्थिक अभावका बिच मुसहर बस्तीको ७५ प्रतिशत काम सकियो, घरको छाना हाल्ने काम सुरु



२ महिना पहिले हास्यकलाकार महजोडी (हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ) द्धारा शिल्यान्यास गरिएको बर्दिवास २ महोत्तरीमा रहेको एकिकृत नमुना मुसहर बस्तीको ७५ प्रतिशत काम सकिएको छ । नमुना बस्तीका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताएअनुसार मुसहर बस्ती निर्माणका लागि अब लगभग २५ प्रतिशत मात्र काम बांकि रहेको छ ।

पहिलो महिना ३० प्रतिशत काम सक्काएको फाउण्डेशनले तिव्र गतिमा काम गरिरहेको छ । बस्तीको कामले ब्यस्त र आफै श्रमदानमा खटिरहेका फाउण्डेशनका अध्यक्ष कट्टेलले नया बर्षमा जसरी भएपनि मुसहर समुदायलाई बस्ती हस्तान्तरण गरिने बताएका छन् । ‘हामीले सोचेभन्दा छिटो काम भईरहेको छ’ उनले भने ‘निर्माण कार्यमा साथ र सहयोग गरि हौसला दिनुहुने सम्पुर्णलाई धन्यवाद दिन चाहान्छौ ।’ गर्मि बढिरहेको समयमा धुर्मुस सुन्तलीले गरेको यस निर्माण कार्यका लागि सहयोग रकम उठ्ने कार्य पनि निरन्तर जारी रहेको छ ।

फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले दिएको जानकारी अनुसार अहिलेसम्म फाउण्डेशनलाई २ करोड १० लाख अनुदान प्राप्त भएको छ । जसमा कृषि बिकाश बैंकमा रहेको १ करोड सहित फाउण्डेशनसंग ३ करोड १० लाख बराबरको सहयोग प्राप्त भएपनि उक्त रकम तिब्र गतिमा खर्च भईरहेको छ । लेखा अधिकृत खत्रीले जानकारि दिएअनुसार फाउण्डेशनले २ करोड १५ लाख भन्दा बढि रकम खर्च भईसकेको छ भने निर्माण सामाग्री खरिदको ९० लाख बराबर भन्दा बढि रकम भुत्तानी गर्न बांकि रहेको छ ।

गिराञ्चौरबाट बचेंको १ करोड सहयोग सहित फाउण्डेशनले करिव ३ करोड भन्दा बढी रकम निर्माण कार्यका लागि खर्च गरिसकेको छ । मुसहर बस्ती निर्माणका लागि अझै पनि थुप्रै सहयोगको आवश्यक रहेको फाउण्डेशनकि कुञ्जना घिमिरे(सुन्तली) ले जानकारी दिईन् । बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानीको अनुमान गरिएपनि फाउण्डेशनलाई अझै उक्त रकम पुग्नका लागि १ करोड ६५ लाख भन्दा बढि सहयोग रकमको आवश्यकता छ । ‘रकम अभावका बिच पनि हामीले लगातार निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौ’ फाउण्डेशनकि घिमिरेले बताईन् ‘आशा छ सबैले साथ र सहयोग गर्नुहुनेछ ।’

उता मुसहर बस्ती निर्माणका लागि श्रमदानमा खटिएका धुर्मुस छिटो रकम जुटाउने चिन्तामा छन् । ‘हामीले बस्ती निर्माण त निरन्तर अघि बढाईरहेका छौ’ उनले भने ‘सहयोग रकमको अभाव हुने हो कि भन्ने चिन्ताको बिचमा पनि बस्ती निर्धारित समयमै हस्तान्तरण गछौं भन्ने संकल्प गर्न चाहान्छौं ।’ सहयोग रकम अभाव भएपनि बस्ती निर्माणमा कुनै रोकावट नहुने बताउदै उनले सबैलाई सहयोगको लागि आग्रह समेत गरेका छन् । फाउण्डेशनलाई सहयोग गर्नका लागि तयार रहेका र बिभिन्न देशमा सहयोग संकलन गरिरहनु भएका सम्पुर्णलाई छिटो भन्दा छिटो सहयोग उपलब्ध गराईदिनका लागि पनि उनले आग्रह गरेका छन् ।

अहिलेसम्म सहयोग रकम प्रदान गर्ने सहयोगी, तथा बिभिन्न संघ संस्थालाई धन्यवाद दिदै उनले भने, ‘हामीलाई अहिले सम्म हरेक निर्माण कार्यका लागि सहयोग गरिरहनु भएको छ, यसपटक पनि सहयोग गरि हाम्रो सपना पुरा गरिदिनुहुनेछ भन्नेमा विश्वस्त छौ ।’ केही सहयोग रकम फाउण्डेशनलाई आईरहेपनि सुरुवातमा आएको सहयोग भन्दा केही घटेको लेखा अधिकृत खत्रीले बताए ।

निर्माणाधिन मुसहर बस्तीको भित्ता उठाउने काम सकिएको छ भने छानो छाउने, बाटो घाटो सहित बिधुतिय काम र रङ्गरोगनको कामहरु अmभै पनि बांकि रहेको छ । बस्ती निर्माणका लागि बिभिन्न संघ संस्था तथा ब्यत्तिगत रुपमा केही स्वमंसेवकहरु निरन्तर काममा खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्