सशस्त्रका डीआईजी चौधरीलाई कारबाही गर्न निर्देशन



काठमाडौं, (नेस)
राष्ट्रिय मानवअधिकार आयोगले तराई–मधेस आन्दोलनका क्रममा गत वर्ष कैलालीको टीकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र १ नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको घटना रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका डीआईजी खडानन्द चौधरी तथा सशस्त्र एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालाई सचेत गराउन पनि सरकारलाई आयोगले आग्रह गरेको छ।

आयोगले व्यक्तिगत सम्पत्ति तोडफोड एवं आगजनी भएकोमा प्रहरीले जाहेरी नलिएको घटना, मोरङको रंगेली र डायनियामा ३ जना व्यक्तिको ज्यान जाने गरी भएको घटना, रूपन्देही जिल्लाको बेथरीमा २ जना बालकसहित ६ जनाको ज्यान जाने गरी भएको घटना र २०५९ कात्तिक २८ गते जुम्ला सदरमुकाममा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा (माओवादी) बाट आक्रमण हँुदा मृत्यु भएका मालपोत कार्यालय जुम्लामा कार्यरत कार्यालय सहयोगी रामप्रसाद खनाल र जुम्लाका प्रमुख जिल्ला अधिकारीको परिवारलाई सरकारबाट उपलब्ध गराइएको राहत, क्षतिपूर्ति रकममा भएको विभेद भएकाले उनीहरूलाई समान व्यवहार गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्