सप्तरी घटनाको मुख्य दोषी सरकार, वैद्य माओवादी काठमाडौं



नेकपा क्रान्तिकारी माओवादीले सप्तरी घटनाको मुख्य दोषी सरकार रहेको आरोप लगाएको छ ।

पार्टीका अध्यक्ष मोहन बैद्य किरणले एक बिज्ञप्ती जारी गरी बर्तमान राज्य सत्ताकै असफलताका कारण घटना भएको बताइएको छ । सप्तरी घटनाले आफ्नो पार्टी स्तब्ध भएको भन्दै घटनामा मृत्यू भएकाहरु प्रति दुख र घाईतेहरुको स्वास्थ्य लाभको कामना गरीएको छ ।

घटना संविधान संशोधन र स्थानीय तहको निर्वाचनसँग सम्बन्धित रहेको उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ– ‘संशोधन र स्थानीय निर्वाचनवारे उत्पन्न समस्याको समाधान गर्न नसक्ने सरकार मुख्य दोषी देखिन्छ भने सभा गर्ने स्वतन्त्रता भए पनि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने एमाले समेत जिम्मेवार रहेको छ ।’ यसैगरी, नेपाल कम्युनिष्ट पार्टीले सप्तरीमा भएको हिंशात्मक घटनाका लागि एमाले र मधेशी मोर्चा दुवै दोषी भएको बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ति जारी गरी एमालेले चुनावी सभा गर्नु र त्यसलाई विथोल्न मोर्चाले खोज्नु दुवै गलत भएको बताएको छ ।

पार्टीले संसदीय व्यवस्थाको विरोध गर्दै आएको र वैज्ञानिक समाजवादले मात्र शान्ति , समृद्धि र स्थीरता स्थापना गरी जनताको अधिकार सुनिश्चित गर्ने महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्