“गलत भयो” –सुबोधराज प्याकुरेल



सप्तरीको घटना बहुतै दुःखद घटना हो। मान्छे मारिनुभन्दा दुःखद घटना अरू हुनै सक्दैन। सुरक्षा फौजले संयम अपनाउन नसकेको हो कि अथवा आन्दोलनकारीले त्यस्तै खालको परिस्थिति सृजना गरेका हुन्। यसबारेमा गहिरो अनुसन्धान हुनुपर्छ। यसरी अनावश्यक रुपमा झडप निम्त्याउने काम कसैले पनि गर्नुहँुदैन। मधेसी मोर्चाले शुरूमै निषेधको बाटो अपनाएको छ। त्यो पनि जबरजस्ती अपनाएको छ।

हामीजस्ता मानिसले के कल्पना गर्छौं भने– ठीक छ मधेसी मोर्चाका साथीलाई चित्त बुझेको थिएन भने एमालेले आफ्नो मञ्चमा बोलाएर उनीहरूको असन्तुष्टि राख्न लगाउनुपथ्र्यो। एमालेले उनीहरूलाई मञ्चमा बोलाउने र तपाईंहरूले आफ्नो असन्तुष्टि राख्नुस् भन्ने। ल तपाईंहरूलाई यति समय भयो असन्तुष्टि राख्न आउनुस् भन्दै मञ्चमा बोलाउनुपथ्र्यो।

एमालेले हाम्रो मान्छेलाई पनि कन्भिन्स गर्नुस् भनेर निम्ता गर्न सक्थ्यो। तर, हाम्रो देशमा डेमोक्रेटिक कल्चर छैन। पार्टीभन्दा बलमा विश्वास गर्ने राजनीतिक संगठनका मानिसहरू छन्। राजनीतिक संगठनमा यस्ता मानिस भएपछि हुलिया हुन्छ, आततायी हुन्छ, अपराध हुन्छ र सभ्यता हराउँछ। हाम्रो देशमा सभ्यता हरायो।

केही जमातहरू जानेरै सभ्यताको विरुद्धमा लागेका छन्। सभ्यताको विरुद्धको पहिलो शुरुआत मधेसी मोर्चाले गरेको छ। मोर्चाले सप्तरीको सीडीओ कार्यालयमा जबरजस्ती गर्दैनौं, बाधाविघ्न गर्दैनौं भनेर उफ्रिए। केन्द्रका नेताहरूले शुरूमा जतिसक्दो उरालधुराल गरे। अनि अहिले हामीले गरेको हैन स्थानीय जनताको कुरा हो भन्दै छन्। यो अत्यन्त दुःखद कुरा हो। नेपालमा मृत्युको व्यापार पनि हुने गरेको छ। मृत्युमा पैसाको पनि व्यापार हुन्छ। राजनीतिको पनि व्यापार हुन्छ। अनि मृत्युमा राजनीतिक डनहरूले भजाउने व्यापार पनि त्यत्तिकै हुन्छ। हाम्रो देशमा। यिनै कुराले गर्दा यो घटनाप्रति हामी अत्यन्त चिन्तित र दुःखित छौं।

सोमबार भएको सप्तरी घटनाको गहिरोसँग छानबिन हुनुपर्छ। सुरक्षाको हिसाबले छानबिन आफ्नो ठाउँमा होला। तर सबै पार्टीहरू जो आफूलाई लोकतान्त्रिक भन्छन्। उनीहरूले आफ्नो राजनीतिक छानबिन गर्नुपर्छ। राजनीतिक आँखाले यसको छानबिन होस् र कहाँ त्रुटि भएको हो त्यो पत्ता लगाएर मात्र अघि बढ्नुपर्छ।
(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्