चुनावसँग साइनो छः प्रधानमन्त्री



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा माओवादीको रगत पसिना भएकाले परिवर्तन संस्थागत गर्ने जिम्मेवारी पनि आफ्नो पार्टीको भएको बताउनुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र निकट दलित मोर्चाको बैठकलाई सम्बोधन गर्दै माओवादीको रगत पसिनाबाट प्राप्त उपलिब्धको रक्षा गर्ने जिम्मेवारी रहेको बताउनुभयो।

सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको बताउँदै प्रचण्डले भन्नुभयो– ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ। स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, संविधानले स्थानीय तहमा अत्यन्तै धेरै अधिकार दिएको छ, जनताको अधिकार गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्छ।’

नयाँ संविधानले दलितहरूको अधिकार र आत्मसम्मानको रक्षा गरेको उल्लेख गर्दै उहाँले नयाँ संविधानमा दलितको अधिकारलाई मौलिक हकका रूपमा राखिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्