आयोगले भन्यो– समझदारी चाँडो बनाऊ



काठमाडौं, (नेस)
निर्वाचनको तयारी गर्न समय निकै छोटो रहेको भन्दै निर्वाचन आयोगले अविलम्ब राजनीतिक दलहरूबीच समझदारीको वातावरण बनाउन आग्रह गरेको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आइतबार एक विज्ञप्ति प्रकाशित गरेर सो आग्रह गर्नुभएको हो। निर्वाचनको प्रमुख सरोकारवालाका रूपमा रहेका राजनीतिक दलहरूबीचको सहमतिले मात्र निर्वाचन सञ्चालन र व्यवस्थापन गर्न सहज हुने आयोगको विज्ञप्तिमा भनिएको छ।

सो विज्ञप्तिमा निर्वाचन कार्यलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूको महत्त्वपूर्ण र सकारात्मक भूमिकाको आयोगले अपेक्षा गरेको पनि विज्ञप्तिमा भनिएको छ। त्यसै गरी आयोगले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको अभावमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि अन्तिम तयारी गर्न नसकिएको उल्लेख गर्दै सो प्रतिवेदन शीघ्राति शीघ्र प्राप्तिको प्रतीक्षामा आयोग रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्