साढे २१ करोडमा खानेपानी आयोजना



हेटौंडा,(नेस),हर्नामाडीमा २१ करोड ५० लाख रुपियाँ लागतमा सहलगानी खानेपानी आयोजना निर्माण भइरहेको छ । खानेपानी आयोजनामा एउटा बोरिङबाट पानी निकालिएको हर्नामाडी सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष केशव पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३० प्रतिशत रकम उपभोक्ता र ७० प्रतिशत रकम सरकारको लगानीमा खानेपानी आयोजना निर्माण भएको हो । तीन वर्षे योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो ।

गुणस्तरयुक्त पानीका लागि खानेपानी आयोजना निर्माण सुरु गरिएको बताइएको छ । उहाँले एक वर्ष अवधिमा एउटा बोरिङबाट पानी निकालिएको जानकारी दिनुभयो । हाल एउटा बोरिङ सम्पन्न भएको भन्दै उहाँले मोटर लगाएर पानी तान्न बाँकी रहेको बताउनुभयो । २÷२ लाख लिटर क्षमताका २ वटा ट्यांकी निर्माण गर्ने योजना छ । आयोजना सम्पन्न भएपछि १ हजार ८ सय घरधुरी लाभान्वित हुन्छन् ।

आयोजना निर्माणपछि समितिलाई हस्तान्तरण हुने भन्दै उहाँले खानेपानी व्यवस्थापनका लागि स्थानीयको समिति निर्माण गरिने जानकारी दिनुभयो । हर्नामाडी सहलगानी खानेपानी आयोजनाका लागि उपभोक्ताका तर्फबाट गरिने ३० प्रतिशत लगानीमध्ये उपभोक्ताले १० प्रतिशत र २० प्रतिशत जनश्रमबाट लगानी गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्