१७ परियोजनाका लागि लगानी जुट्यो



नेपाल समाचारपत्र
काठमाडौं
शुक्रबार सम्पन्न नेपाल लगानी सम्मेलनमा विभिन्न १७ परियोजनाका लागि १३ दशमलब ५२ अर्ब डलर लगानीको प्रतिबद्धता आएको छ। लगानी सम्मेलनमार्फत् गरिएको प्रतिबद्धतामा चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (चीन) ले जलविद्युत्, अस्पताल, काठमाडौं मेट्रो (१ र २ लाइन) मा ३ अर्ब डलर, चाइना स्टेट कन्सट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनीले विमानस्थल, राजमार्ग, सुरुङमार्गमा २ अर्ब डलर, सीटीसीई ग्रुप (चीन) लेपानी आपूर्ति, जलविद्युत्, रेल्वे, सडक, सुरुङमा १ अर्ब डलर लगानी गर्ने उल्लेख गरिएको छ।

त्यस्तै अशोक स्टील इन्डस्ट्रिज लिमिटेड (भारत) ले बैंक, सौर्य ऊर्जा, स्टील प्लान्टमा ३० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएको भने एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्टष्ट्री, (भारत) ले पर्यटनमा १ करोड डलर, मेडिकेयर एन्भायरोन्मेन्टल म्यानेजमेन्ट प्रालि (भारत) ले औद्योगिक तथा बायोमेडिकलमा ७० लाख डलर, फ्रन्टियर पावर (बेलायत) ले ऊर्जा, कृषि, पूर्वाधारमा १ अर्ब डलर, हिमार्दी फुड प्रालि (बंगलादेश) ले खाद्य प्रशोधन तथा निर्माण २ दशमलब ४ अर्ब डलर, हिमाली डिस्टिलरी प्रालि (नेपाल) ले पल्प तथा पेपरमा १ करोड डलर, रेडियान्स रिनेबल टेक्नोलोजिज (श्रीलंका) ले जलविद्युत्, सौर्य तथा वायु ऊर्जामा ५ करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

यसै गरी आरएन ग्रुप अफ कम्पनी (नेपाल) ले निर्माण र औद्योगिक उत्पादनमा ५० हजार डलरमा, सिचुआन बाओक्सिङ कन्ट्री ओन्पिङ माइनिङ कम्पनी (चीन) ले खानी तथा खनिजमा १० करोड डलर, सिचुआन वान्पिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजी कम्पनी (चीन) ले जलविद्युत्, स्मार्ट ग्रिड, वित्तीय क्षेत्रमा १ अर्ब डलर, सोम्युडक कन्साइ फर्म (नेपाल) ले कृषिमा १० लाख डलर, द कन्साइ इलेक्ट्रिक पावर कम्पनी (जापान) ले जलविद्युत्मा १ अर्ब डलर, वुलिङ पावर कर्पोरेसन (चीन) ले तामाकोसी–३ आयोजनामा १ दशमलब २ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्