महासंघ कार्यसमितिलाई खेलकुदको सम्मान



हेटौंडा,(नेस)। जिल्ला खेलकुद विकास समिति मकवानपुरले पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । समितिले अध्यक्ष हरि हुमागाईंसहित कार्यसमितिलाई सम्मान गरेको हो ।

कार्यक्रममा अध्यक्ष हुमागाईंले चुनाव एक प्रक्रिया भएकाले महासंघमा सबैको साझा अवधारणा स्थापित गरिने बताए । जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्