बागलुङमा दुव्र्यसनीविरुद्ध एक बन्दै आमाहरु



बागलुङ, २० फागुन । लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान सुरु गरेको हो । आमाहरुमार्फत दुव्र्यसनी रोक्ने प्रयासस्वरुप अभियान सुरु गरेको सहकारीले जनाएको छ ।

आफ्ना सन्ततिलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन ‘दुव्र्यसनविरुद्ध आमाहरु’ कार्यक्रम प्रभावकारी हुने सहकारीको विश्वास छ । अभियानका क्रममा लागुपदार्थ दुव्र्यसनी, दुव्र्यसनका लक्षण, दुव्र्यसनबाट व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर, यसबाट जोगिने र जोगाउने विविध उपायका बारेमा जानकारी दिइएको छ । यसका साथै आमाहरुसँग अन्तक्र्रिया गरी दुव्र्यसन रोक्ने कार्ययोजनासमेत बनाइने सहकारीका अध्यक्ष अमर थापाले बताउनुभयो ।

सहकारीले पहिलो चरणमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान बागलुङ नगरपालिकाका ११ वटै वडा र सात गाविसमा पु¥याउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा नगरपालिकाका साथै पाला, धम्जा, भीमापोखरा, तंग्राम, सिगाना, रेश, रायडाँडा गाविसमा अभियान सञ्चालन गरिनेछ ।

संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमअन्तर्गत सञ्चालित अभियानका लागि रु दुई लाख बजेटसमेत विनियोजन गरेको छ । सहरका साथै गाउँगाउँमा समेत दुव्र्यसनीको सङ्ख्या बढ्दै जान थालेपछि नयाँ पुस्तालाई दुव्र्यसनमा जानबाट रोक्न र फसेकालाई त्यसबाट सहज अवस्थामा ल्याउन अभियान थालिएको संस्थाका प्रबन्धक रामबहादुर जिसीले बताउनुभयो । यो कार्यक्रमबाट १० हजार मानिसका बीचमा सहकारीलाई पु¥याउने उद्देश्य राखेको संस्थाले जनाएको छ ।

जिप्रका बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले लागुपदार्थ दुव्र्यसन, ओसारपसार, बिक्री वितरणजस्ता सामाजिक विकृति रोक्ने काम प्रहरीको मात्र भन्ने सोच व्याप्त देखिएका बेला दुव्र्यसनविरुद्ध आमाहरु अभियान उदाहरणीय कार्य भएको बताउनुभयो । “दुव्र्यसनको अन्तिम गन्तव्य भनेको अकालमै मृत्यु हो”,, उपरीक्षक खापुङले भन्नुभयो – “आमाहरुले आफ्ना छोराछोरीको राम्रो रेखदेख, माया, सद्भाव, सकारात्मक अपेक्षा राखेर रचनात्मक कार्यमा लगाउन सके यो धेरै हदसम्म रोकिन्छ, यसका लागि आमाहरुलाई पहिले सचेत बनाउने कार्य महत्वपूर्ण हुन सक्नेछ ।”

अभियानमा सहभागी बागलुङका प्रजिअ भागिरथ पाण्डेले लागुपदार्थ दुव्र्यसनका कारण, लक्षण, यसबाट बच्ने बचाउने उपायमा अभियान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । “विद्यालय उमेर समूहदेखि युवायुवती यसमा सरिक भएको देखिएको छ”, प्रजिअ पाण्डेले भन्नुभयोे – “यो अभियान आमाहरुमा मात्र सीमित नराखी सबै अभिभावकसमक्ष पु¥याउन सके अझ बढी प्रभावकारी हुनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस्