बेवारिसे अवस्थामा बालिका फेला



ललितपुर, (नेस)
ललितपुर प्रहरीले अचेत अवस्थामा रहेकी एक बेवारिसे बालिका फेला पारेको छ।

गत फागुन १० गते आफ्नो नाम भन्न नजान्ने तथा दिदीको नाम सुन्तली बताउने बालिका अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई उपचारका लागि किस्ट अस्पताल लगिएकोमा थप उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो। त्यहाँ उनको भ्वाइस् अफ चिल्ड्रेन नामक संस्थाको सहयोगमा उपचार गरिएको थियो।

उनलाई केन्द्रीय बाल कार्यालय, जिल्ला बालकल्याण समिति तथा महानगरीय प्रहरी परिसर ललितपुरको सहयोगमा सोबर महिला पुनःस्थापना केन्द्र, बौद्धमा संरक्षणका लागि पठाइएको छ।

प्रहरीले निज बालिकालाई चिन्ने व्यक्तिले महानगरीय प्रहरी परिसर ललितपुरको फोन नम्बर ५५०३६५ तथा ५५२१२०७ मा खबर गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्