अछाममा स्ववियु चुनाव अनिश्चित



बिद्यार्थी संगठनहरु बिचको बिबादले गर्दा अनिश्चित बनेको स्ववियु चुनव राजनीतिक सहमतीका आधारमा गरिने
बिष्णुप्रसाद भण्डारी,अछाम

बिद्यार्थी संगठनहरु बिचको बिबादका कारण कमितपय क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि अछाम जिल्लामा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अनिश्चित बनेको छ ।

अब राजनीतिक सहमतीका आधारमा स्ववियु चुनाव गरिने बताईएको छ । जसका लागि जिल्लामा क्रियाशिल बिद्यार्थी संगठनका मातृ पार्टीका प्रतिनिधिहरु सम्मिलित कार्यदल समेत गठन गरिएको बिद्यार्थी संगठनहरुले जनाएका छन् ।

बिद्यार्थी संगठनहरुका बिच देखिएको बिबाद अन्त्य गरेर सहमती जुटाउन कार्यदल बनेको र उक्त कार्यदलले गर्ने सहमतीका आधारमा स्ववियु चुनाव हुने एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य डम्बर बिसीले जानकारी दिनुभयो ।

जिल्लामा क्रियाशिल बिद्यार्थी संगठनहरुको हिजो साँझ अबेर सम्पन्न भेलाले यस्तो सहमती गरेको उहाँले बताउनुभयो । यद्यपी त्रीपुरा सुन्दरी क्याम्पस श्रीकोटमा भने निर्विरोध आफुहरुको नेतृत्वमा स्ववियु गठन भैसकेको कांग्रेस निकट नेविसंघले जनाएको छ । तर एमालेले भने यसको खण्डन गरेको छ । एमालले सबै क्याम्पसहरुमा सहमतिका आधारमा मात्र स्वविययु चुनाव हुनु पर्ने बताएको छ ।

राजनीतिक सहमतीका आधारमा स्ववियु चुनाव गर्न कार्यदल बनेको बताउँदै नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य एव्म बिद्यार्थी फाँट ईन्चार्ज चन्द्र बोहराले उक्त कार्यदल मार्फत सहमती जुटाएर जिल्लाका ७ ओटै क्याम्पसमा चुनाव गरिने जानकारी दिनुभयो ।

जिल्लाका कुनै पनि क्याम्पसमा स्ववियु चुनवाका लागि प्रक्रिया अघि नबढेको बताउँदै बोहराले त्रीपुरा सुन्दरी क्याम्पस श्रीकोटमा राजनीतिक सहमतीका आधारमा पुनः प्रक्रियामै गएर चुनाव गरिने दावी गर्नुभयो । बिद्यार्थीहरुका बिच बिबाद कायमै रहेको अवस्थामा कहीँ कुनै संगठनले निर्विरोध स्ववियु जितेको मान्न नसकिने उहाँले बताउनुयो ।

उता कांग्रेस निकट बिद्यार्थी संगठन नेविसंघ अछामका सचिव टंक ढुंगानाले भने त्रीपुरा सुन्दरी क्याम्पसमा नेविसंघले निर्विरोध चुनाव जिति सकेको दावी गर्नुभयो ।

यस्तै स्ववियु चुनावको मिति आईसक्दा पनि चुनवाका लागि कुनै प्रक्रिया अघि नबढाईएको भन्दै नेविसंघ अछाम बहुमुखि क्याम्पस ईकाई समितिले अछाम बहुमुखि क्याम्पसका निर्बाचन अधिकृतको ध्यानाकर्षण गराएको छ । नेविसंघ अछाम बहुमुखि क्याम्पस ईकाई समितिले आज क्याम्पश प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथासिघ्र चुनावको प्रक्रिया सुरु गर्न माग गरेको छ । जति सक्दो छिटो चुनावी प्रक्रिया अघि नबढाए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने ईकाई अध्यक्ष बमबहादुर स्वारद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेपाल बिद्यार्थी संघ अछाम बहुमुखि क्याम्पस ईकाई कमिटीले अछाम बहुमुखि क्याम्पस निर्बाचन अधिकृतलाई बिज्ञप्तिमा जारि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्