‘वान वेल्ट वान रोड नीतिमा नेपाल सकारात्मक



नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनको महत्त्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ निर्माणका लागि नेपालको दायित्वलाई तीव्रताका साथ अघि बढाउने बताउनु भएको छ। मंगलबार नेपाल–चीन चेम्बर अफ कमर्सको १४औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।

कार्यक्रममा नेपालको भुराजनीतिक सम्वेदनशिलतालाई ध्यानमा राखेर उक्त योजनालाई अघि बढाउने मन्त्री महराले बताउनुभएको छ। महराले चीनसंँगको व्यापारमा निर्यात बढाएर घाटा न्यूनीकरणका लागि राज्यले उठाउने कदम र नीति निर्माणमा निजी क्षेत्रले पनि महत्त्पूर्ण भुमिका खेलेको र चीनबाट धेरै कुरा सिक्ने मात्र नभई द्विपक्षीय व्यापारमा तीव्रता दिनुपर्ने बताउनुभएको छ। दुई देशबीचको व्यापारमा वृद्धि भइरहे पनि नेपालले ठूलो व्यापारघाटा व्यहोरी रहेको भन्दै उहाँले आगामी दिनमा आपसी समझदारीबाट दुई देशबीचको सम्बन्ध अझ सदृढ पार्दै अघि बढ्ने ा बताउनुभभयो।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालले चिनियाँ बजारमा आफ्नो वस्तु निर्यात र प्रवद्र्धनका लागी जोड दिनुपर्ने बताउनुभयो। चीन सरकारले मात्र नभई निजी क्षेत्रले पनि नेपालको जलविद्युत्, सडक जस्ता पूर्वाधार निर्माणमा उत्तिकै सहयोग गरिरहेको राजदुत होङले बताउनुभयो। उहाँले चिनियाँ राष्ट्रपति सि जिङपिङले सन् २०१३ मा राख्नुभएको ‘वान बेल्ट वान रोड’ अवधारणलाई सयभन्दा बढी देशले समर्थन गरिसकेको बताउनुभयो।

त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको आर्थिक र पर्यटकीय क्षेत्रको विकासका लागि वान वेल्ट वान रोड अवधारणा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। अध्यक्ष श्रेष्ठले सन् १९९९ मा स्थापना भएको चेम्बरले चीनका विभिन्न शहरमा २९ वटा कार्यालयसँंग सहकार्य गरेर दुई देशबीचको व्यापारलाई थप सुदृढ पारेको र चीनसंँगको व्यापारमा आयातसँगै स्वदेशी उत्पादनको निर्यातका लागि पनि चेम्बरले सहयोग गरिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्