संयुक्त राष्ट्रसङघको पहलमा जेनेभा शान्तिवार्ता पुन शुरू



जेनेभा ,(एजेन्सी)
सिरिया द्वन्द्वबारे संयुक्त राष्ट्रसंको तत्वावधानमा स्विजरल्यान्डको राजधानी जेनेभा शान्तिवार्ता झण्डै दश महिनापछि बिहीबार देखि पुनः शुरू भएको छ।

सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्टेफेन डे मिस्टुराले हिजो विहानै वार्ताका लागि सिरियाली सरकारका तर्फबाट जेनेभा आएका वार्ता टोली प्रमुख प्रतिनिधि बसार अल जाफरीसहितका अन्य सदस्यसँग एक चरण कुराकानी गरिसकेको सिरियाली सरकारी अधिकारीहरले बताएका छन्।

राष्ट्रसंघका प्रतिनिधिले सिरियाली प्रतिपक्षी दलका वरिष्ठ सदस्य तथा वार्ता टोली सदस्य याहया कादमनी र नासर हारिरीलगायतका सिरियाली राष्ट्रिय गठबन्धनका अन्य सदस्यसँग पनि भेटवार्ता गरेका छन्।

भेटमा वाताको क्रममा सो समूहका सदस्यहरूले करिव तीन लाख सिरियालीको ज्यान लिइसकेको र झण्डै आधा जनसंख्या विस्थापित गराइ सकेको छ लामो विनासकारी गृहयुद्धको अन्त्य गर्ने अन्तिम प्रयास सफल हुनेमा विश्वास गरेको बताइएको छ।

वार्ता शुरू हुनुअघि कादमनीले पत्रकारहरूसंगको कुराकानीमा यस वार्ताले कमसेकम मानवीय सहयोगका लागि द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने शिलशिलामा विभिन्न क्षेत्रमा घेरावन्दीमा परिरहेका स्वदेशी तथा विदेशी नागरिकलाई नाजुक अवस्थाबाट बाहिर ल्याउनमा सफलता मिल्ने बताएका थिए।

उनले वार्ताले राजनैतिक संक्रमण र विगतका वार्ताले निकास दिन नसकेका विषयमा थप गृहकार्य भइ निकास दिन सफल हुने बताएका छन्। कादमनीले भनेका छन्,‘ विश्वले यो गम्भीर बिषयलाई अन्त्य गर्नैपर्छ। विश्वले सिरियाली क्रुरतालाई अन्त्य गर्नैपर्छ।’ सन् २०१६ देखि शुरू भएको सिरियाली शान्तिवार्ताको यो चौथौं प्रयास हो।

पछिल्लो चरणमा सरकार र विद्रोहीलाई रसिया र टर्कीको पहलमा वार्तामा सहभागी बनाइएको काजकिस्तानको अस्तानामा भएको वार्ता जेनेभामा भेट्ने गरी सहमति गर्दै टुंगिएको थियो। प्रतिपक्षका वार्ता टोली सदस्य बुधबार नै जेनेभा पुगेका थिए भने सरकारी टोली झन त्यस अघि नै जेनेभा आइसकेको थियो। वार्ताको तयारीका लागि भनी बुधबार राति पनि अनौपचारिक छलफलहरू भएका थिए।

यस प्रयोजनका लागि संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्तिवार्ताका लागि भन्दै सिरियाका बारेमा अध्ययन गरिरहेका विज्ञका साथै सिरियाली समूहका सदस्यको बैठकको पनि आयोजना गरिएको थियो।

ती सदस्यमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेषदूतका साथै विज्ञहरू रहेका छन्। संयुक्त राष्ट्रसंघको मात्र सिरियाली समूह नामको एक समूह गठन गरिएको छ। सो समूहमा रहेका दूतहरू पनि बैठकका लागि जेनेभा आइपुगेका छन्।

राष्ट्रसंघिय अधिकारीहरूले उक्त वार्ताका लागि मध्यस्थतालगायतका बारेमा तयारी भइसकेको जानकारी दिएका छन्। तिनीहरूले सो बैठकले सकेसम्म चाँडै नै शान्तिवार्ताको वातावरण मिलाउने गरी मध्यस्थतासम्बन्धी बैठक गर्न लागिएको पनि जनाएका छन्।

सिरियाली समूहअन्तर्गतका राष्ट्रसंघिय मध्यस्थकर्ताहरूको बैठकले करिब १० महिनाअघि पनि शान्तिवार्ताको खाका तयार गरेका थिए। तर सो बमोजिम बैठक भने बस्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्