स्थानिय निकाय पुनसंरचना अध्ययन प्रतिवेदन समितिको सात दिने म्याद थप



आज बसेको मन्त्रीपरिषद बैठकले स्थानिय निकाय पुनसंरचना बारे स्थानिय विकास मन्त्रि हितराज पाण्डेको नेतृत्वमा गठित अध्ययन प्रतिवेदन समितिको म्याद एकहप्ता थप गरेको छ । तराइका जिल्लामा स्थानिय तहको संख्या मिलाउन समय लाग्ने भएको कारण समितिको म्याद केहि दिन थप गर्न आग्रह गरिएकोे थियो । मन्त्री परिषद् बैठकले संविधान संशोधन प्रस्ताव अगाडी बढाउने निर्णय पनि गरेको छ । आज अपरान्ह पनि मन्त्री परिषदको बैठक बस्ने जनाइएको छ । वेलुकी राजदुत नियुक्ति तथा चुनावको मिति घोषणा बारे छलफल हुने सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्