तत्काल निर्वाचनको मिति घोषणा हुने देउवाको विश्वास



नानीराम नेपाल सिन्धुपाल्चोक ।

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहि दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास ब्यक्त गर्नुभएको छ । संविधान कार्यान्वायनका लागि तिनै तहको निर्वाचन अपिरीहार्य रहेको भन्दै उहाँले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको हो ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस १ नम्बर क्षेत्रिय कार्यसमितिले शनिवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै नेता देउवाले केन्द्रिय, प्रान्तिय र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरि सरकारले संविधान कार्यान्वायनको बाटो तय गर्ने बताउनुभयो । ‘हामीले संविधान त बनायौं तर कार्यान्वायनका लागि अब सवै मिलेर लाग्नुपर्दछ, देउवाले भन्नुभयो, ‘संविधानको कार्यान्वायनका लागि सरकारले छिटै निर्वाचनको मिति घोषणा गर्नुपर्छ र गर्छ ।’ मुलुक संक्रमण कालिन अवस्थामा गुज्रिरहेको भन्दै उहाँले निर्वाचन अहिलेको आवस्यक्ता रहेको औंल्याउनुभयो ।

संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसदमा बहस चल्नुपर्ने भन्दै उहाँले हिमाल, पहाड र तराईलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । तराई, मधेश र पहाडका जनताबिचको सम्वनध भड्काउनेहरु राष्टीयताका बिरोधीको संज्ञा दिँदै नेता देउवाले कांगे्रसले सवैलाई मिलाएर लैजाने बताउनुभयो । ‘हिमाल, तराई र मधेसलाई एक बनाएर अब कांगे्रसले संविधान कार्यान्वायनमा भुमिका खेल्नेछ’, उहाँले भन्नुभयो ।

आमसभामा सभापति देउवासहित कांग्रेस नेता एवं मन्त्री रमेश लेखक, कांग्रेस केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, बाहदुरसिं तामाङ लगायतका नेताहरु उपस्थित थिए । मुलुकमा प्जातन्त्र ल्याउनका लागि कांगे्रसले ठुलो संघर्ष र तयाग गरेको भन्दै कांगे्रस नेताहरुले प्रजातन्त्रको संरक्षणका लागि कांगे्रसले नै अगुवाई गर्ने बताए । कांगे्रस सभामा जिल्लाका तिने क्षेत्रबाट ५ हजार भन्दा बढि कार्यकर्ताहरु भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्