मध्यमस्र्याङ्दीमा फेरि समस्या



नेपाल समाचारपत्र
लमजुङ
मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधस्थलमा फेरि समस्या आएको छ। आठ वर्ष अघि निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन शुरू गरेको केन्द्रको बायाँ किनारामा सधैं समस्या हुँदै आएको छ।

लमजुङको बेसीशहर–२ स्थित उदीपुरको फलिया साँघुमा निर्माण गरिएको आयोजनाको जलाशयमा चितितर्फ ‘रक सिल’ क्रम वर्षेनी समस्या बढिरहेको जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताउनुभयो। उहाँका अनुसार चितितर्फ बाँधको नजिकै पहिरो खस्ने, पर्खाल भत्किने र प्लास्टर उक्किने उदीपुर र चिती गाविसमा रहेको जलाशय बाँध क्षेत्र र टर्वाइनमा बालुवाको कण जम्ने गरेका कारणले गर्दा समस्या हुँदै आएको छ। सोही समस्याका कारण दुई–दुई वर्षको फरकमा विद्युत् उत्पादन नै बन्द गरेर आयोजनाले मर्मत गर्दै आएको छ। यसपटक पनि उत्पादन नै बन्द गरेर मर्मत गर्नुपर्ने स्थिति उत्पन्न भएको गौतमको भनाइ छ।

मस्र्याङ्दी नदीको चापले सिधैं बायाँ किनारामा हान्ने गरेकाले समस्या आउने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार नियमित मर्मत भइरहने ब्यांकको ग्याबिन (पर्खाल) लगाई यसका लागि २ करोड रुपियाँको टेन्डर भएर प्रक्रिया अघि बढिसकेको छ। यसरी नै प्रत्येक दुई⁄दुई वर्षको अन्तरमा आयोजनाको बृहत् मर्मत गरिँदै आएको छ।

त्यसका लागि फागुन अन्तिम साता र चैतको पहिलो साता १० देखि १२ दिनसम्म पूरै विद्युत् उत्पादन बन्द गरेर मर्मत गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार नियमित मर्मत भइरहने ब्यांकको ग्याबिन (पर्खाल) लगाई यसका लागि २ करोड रुपियाँको टेन्डर भएर प्रक्रिया अघि बढिसकेको छ। यसरी नै प्रत्येक दुई⁄दुई वर्षको अन्तरमा आयोजनाको बृहत् मर्मत गरिँदै आएको छ। मस्र्याङ्दी नदीको चापले सिधैं लेफ्ट ब्यांकमा हान्ने गरेकाले समस्या आउने गरेको उहाँले जानकारी दिनुभयो। बृहत् मर्मतअघि फागुन १ देखि युनिट नं. १ बन्द गरेर टवाईन फेरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्