अर्घाखाँची सिमेन्टद्वारा गुणस्तरीतासम्बन्धी छलफल



नेपाल समाचारपत्र
काठमाडौं
अर्घाखाँची सिमेन्ट प्रालिद्वारा चितवनमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल इन्जिनियर एसोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले हरेक सिमेन्ट कम्पनीले आफ्नो गुणस्तरीता भनेर प्रचार गरिरहेको अवस्थामा अर्घाखाँचीले आफ्नो गुणस्तरलाई ख्याल गर्नुपर्ने बताउनुभयो। उहाँले सिमेन्ट उद्योगले आफ्नो ल्याबमा मात्रै परीक्षण नगरी इन्जिनियर एसोसिएसनको ल्याबमासमेत गुणस्तरीता देखाएमा प्रचार–प्रसारमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देशभर नै अर्घाखाँची सिमेन्टको माग बढिरहेको बेला गुणस्तरलाई ख्याल गर्दै उत्पादनमा वृद्धि गनुपर्ने बताउनुभयो। उहाँले विदेशी सिमेन्टलाई प्रतिस्पस्थापन गर्न स्वदेशी सिमेन्टको उत्पादनलाई वृद्धि गर्नु आवश्यक भएकाले आत्मनिर्भर बन्न यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। त्यस्तै उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर बिसुरालले हरेक क्षेत्रमा अर्घाखाँची सिमेन्टको प्रयोग बढ्दै जानु सुखद पक्ष भएको भन्दै यस्तो अवस्थालाई कायम राख्दै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले रत्ननगरमा हाल भइरहेको सडक विस्तारमा समेत अर्घाखाँची सिमेन्टको प्रयोग भइरहेकोमा सिमेन्टको गुणस्तर निकै राम्रो आफूले पाएको बताउनुभयो।

अर्घाखाँची सिमेन्ट प्रालिका बजार प्रमुख रमेश थापाले उत्पादनको छोटो समयमै सिमेन्टले पाएको सफलतामा खुशी व्यक्त गर्नुभयो। उहाँले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड, विभिन्न हाइड्रोपावरमा अर्घाखाँची सिमेन्टको प्रयोग भइरहेको भन्दै माग बढ्दै गएको बताउनुभयो। उहाँले गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्ने भन्दै गुणस्तरीय ओपीसी सिमेन्ट प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष कल्याण जोशी, संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, शहरी तथा भवन निर्माण व्यवसायी संघका अध्यक्ष शरद मानन्धरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्