गोविन्दाबारे सुनिताको सनसनीपूर्ण खुलासा १० जनासंग अफेएर थियो ५० जनासंग भए पनि छोड्दिन


बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा यतिबेला रियालिटी शो ‘लक अप: सच या सजा’मा दिएको अभिव्यक्तिका कारण चर्चामा छिन्। कार्यक्रममा उनले आफ्नो वैवाहिक जीवनबारे खुलेर बोल्दै गोविन्दाका जीवनमा धेरै अफेयर भएको दाबी गरेकी छन्।

कार्यक्रमका होस्ट फराह खान र रितेश देशमुखसँगको कुराकानीमा सुनिताले भनिन्, ‘मायामा परेपछि धेरै कुरा सहन सक्नुपर्छ। चिची (गोविन्दाको उपनाम) का जीवनमा धेरै अफेयर भए। तर जब कसैलाई साँचो माया गरिन्छ, सबै कुरा सहनुपर्छ।’ उनले आफूले वर्षौंदेखि सम्बन्ध जोगाएर आएको र आज पनि गोविन्दाप्रति आफ्नो प्रेम कायमै रहेको बताइन्।

यही शोको अर्को एपिसोडमा अभिनेत्री शिल्पा शिन्देले उनको वैवाहिक सम्बन्धबारे टिप्पणी गरेपछि सुनिता आक्रोशित बनेकी थिइन्। त्यसक्रममा उनले, ‘मेरो श्रीमान् ५० जनासँग अफेयर गरे पनि त्यसले अरूलाई के फरक पर्छ? यो हाम्रो व्यक्तिगत जीवन हो, त्यसमा कसैले हस्तक्षेप गर्नु हुँदैन,’ भन्दै कडा प्रतिक्रिया दिइन्।

सुनिताको भनाइपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। कतिपयले उनको स्पष्टवादिताको प्रशंसा गरेका छन् भने कतिपयले सम्बन्धमा बेवफाइलाई सामान्यीकरण गर्न नहुने टिप्पणी गरेका छन्।

गोविन्दा र सुनिताले सन् १९८७ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन्– छोरी टीना आहुजा र छोरा यशवर्धन आहुजा। पछिल्ला केही वर्षयता उनीहरूको सम्बन्धविच्छेद हुन लागेको चर्चा पटक–पटक चले पनि दुवैले त्यसको आधिकारिक पुष्टि गरेका छैनन्। बरु सुनिताले सम्बन्धमा उतारचढाव आए पनि आफूले परिवारलाई प्राथमिकतामा राख्दै वैवाहिक सम्बन्ध जोगाएको बताउँदै आएकी छन्।

हालसम्म गोविन्दाले भने सुनिताले कार्यक्रममा गरेका यी दाबी वा अभिव्यक्तिबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।