आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने 

1.03k
Shares

-२६० परिवारले २५–२५ हजार लगे ,२ वटा होल्डिङ सेन्टर खाली , केही दिनमा ३ वटा खाली हुँदै

काठमाडौं ।

 उपत्यकाका नदी-खोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । 

  विकास समितिका इन्जिनियर एवं सूचना अधिकारी टोपबहादुर बानियाँले आजबाट खाना र केही दिनपछि वासस्थानको व्यवस्था हटाउने बताउनुभयो ।  उहाँले भन्नुभयो–प्रति परिवार २५ हजारको दरल रकम लिएका दुईस्थानका सुमुम्वासीले वासस्थान छाडिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोट स्थित खानेपानी संस्थानको तालिम केन्द्रमा रहेका २१ र बोडे तालिम केन्द्रमा रहेका २४ गरी ४६ परिपारले व्यवस्थापन खर्चवापत २५ –२५ हजार रुपिया लिएर अस्थायी वासस्थान खाली गरिसकेका छन् । 

 उहाँका अनुसार खोला किनारबाट हटाइएका ३८८ सुकुम्वासीमध्ये २६० परिवारले प्रति परिवार २५–२५ हजार रुपियाँ लगेका छन् । बैकमा ३८८ परिवारमध्ये बैक खाता खोलेका र  सही विवपरण पेस गरेको २६० परिवारले रकम बुझिसकेको सूचना अधिकारी बानियाँ ले जानकारी दिनुभयो ।  समितिले हालसम्म  ६५ लाख रुपियाँ सुकुम्वासीको खातामा पठाइसकेको छ । 

   डोजर चलाएर घरबारविहीन बनाएका सुकुम्वासीमध्ये एकसातामै सबै स्थान खाली गर्ने तयारी सरकारको त । समितिले दिएको जानकारी अनुसार माछापोखरी स्थित विभिन्न लजमा राखिएका ८७ परिवारमध्ये ६७ परिवारले व्यवस्थापन खर्च बुझेका छन् । भने २० परिवारले बुझुन बाकी रहेको छ । भक्तपुर खरिपाटी कृषी तालिम केन्द्रका ९९ घर परिवारमध्ये ५१ परिवारले व्यवस्थापन खर्च बुझेका छन् । ४८ परिवारले बुझ्न बाकी रहेको छ । बनेपा स्थित रेडक्रस तालिम केन्द्रमा बसिरहेका ४५ परिवारमध्ये ३४ ले रकम बुझेका छन् । भने ११ परिवारले बुझ्न बाकी छ । इचंगु नारायण स्थित सुकुम्वासीको लागि निर्माण गरिएको अपार्टमेन्टमा बसेका ४७ परिवार मध्ये ३७ ले बुझेका छन् भने १० परिवारले बुझ्न बाकी रहेका छन् । 

 सूचना अधिकारी बानियाँले रकम बुझ्न नमानेका र बुझेका सबैलाई एकैपटक खाली गर्ने तयारी रहेको बताउनुभयो । भन्नुभयो–केहीदिन व्यवस्थापन गर्न समय लागेपनि सबैलाई एकैपटक खाली गराउनेछौ । 

 समितिले आजबाट खानेव्यवस्था रोकेपछि सकुम्वासी आफैले वासस्थान छाडेर जाने अनुमान सरकारको छ । तर सुमुम्वासीले आफ्नो वासस्थान नभएसम्म अस्थायी वासस्थान नछाड्ने अडान राखेका छन् । अब त्यसो भन्न मिल्दैनै , सरकारको निर्देशन अनुसार हिजो खाना बन्द गराएका छौँ  । उहाँहरुलाई रकम दिएसकेका छौँ , अब छाड्नुको विकल्प छैन–समितिका सूचना अधिकारी बानियाँले नेपाल समाचारपत्रसंग भन्नुभयो । 

 बस्तीबाट उठिबास पारेपछि होल्डिङ सेन्टरमा ल्याएर राखिएका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द भएपछि बिचल्ली हुने भएका छन् बिरामीलाई सरकारले तत्कालको लागि विशेष व्यवस्था गर्नेछ  ।  समितिले दोस्रो पटक म्याद थप्दै असार १९ गतेभित्र २५ हजार रूपैयाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेको थियो । सोही आधारमा २६० परिवारले रकम बुझेका हुन ।  तथ्याङक अनुसार ३८८ परिवारका  १ हजार ४८८ व्यक्ती छन् ।  होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि सुकुम्बासी बिचल्लीमा परेका छनु । 

 यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै एकमुस्ट २५ हजार रकम लिएर तत्काल होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको थियो । सोही आग्रहको आधारमा समितिले २६० परिवारलाई  । बागमती सभ्यता एकीकृत विकास समितिले ३८८ परिवारका १ हजार ४८८ जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको जनाएको छ । समितिले  पहिलो म्याद १२ गतेसम्म दिएको थियो । फेरी  १३ गतेबाट ५ दिन म्याथ थलेको सूचना जारी गरेर हिजोबाट खाना रोकेको हो । 

 समितिले प्रकृया पु¥याएर एकमुस्ट २५ हजार र तीन महिनासम्म व्यवस्थापन गर्न १५–१५ हजारका दरले रकम पाउनेछन, नचाहेकालाई राज्यले हटाउनेछ । रकम बुझन् होल्डिङ सेन्टरमा आउने टोलीसँग तोकिएको ढाँचामा निवेदन दिएका थिए ।  

कीर्तिपुर होल्डिङ सेन्टरमा पहिलोदिन २०३ परिवार थिए, त्यसपछि १७९ हुँदै  हाल ६४ परिवारका १५७ जना सुकुम्वासी बसिरहेका छन् । 

तथ्याङक अनुसार  काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी दाबी गरेका परिवार सरकारको सम्पर्कमा पुगेका छन् । त्यसमा ७ हजार ७८९ घरपरिवार रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको थियो । अन्तिममा ३८८ परिवारमा सिमित भएका छन् । 

 प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेको एकमहिनामा पहिलो प्रहार सुकुम्वासी बस्तीमा परेको थियो  । बैशाख १२ गतेबाट  खोला किनाराको बस्ती खाली गर्न थालेको थियो । सकुम्बासी हटेपछि खोला किनारा सफा देखिएको छ ।