दोस्रो लेगमा २–१ को जित हासिल गरेपनि ला लिगा महारथी बार्सिलोना यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । समग्रमा बार्सिलोना ला लिगाकै प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडसँग ३–२ ले पराजित भएसँगैं बाहिरिएको हो । पहिलो लेगमा बार्सिलोना आफ्नै मैदान क्याम्प नोउमा २–० ले पराजित भएको थियो ।
बार्सिलोनाले सोचेजस्तै एटलेटिको मेड्रिडको मैदानमा सुरुवात गरेको थियो । युवा खेलाडी लामिन यामालले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेर बार्सिलोनालाई १–० को अग्रतामा राखे । यसपछि फेरान टोरेसले अर्को गोल गरेपछि खेल समग्रमा २–२ बराबरीमा पुगेको थियो । तर, एडेमोला लुकम्यानले गोल गरेपछि भने एटलेटिकोले बार्सिलोनालाई हराउन सफल भएको थियो ।
यो नतिजासँगैं बार्सिलोना फेरि एकपटक फाइनल पुग्न अगावै च्याम्पियन्स लिगबाट बाहिरिनु परेको थियो । बार्सिलोनाले पछिल्लो पटक लुइस एन्रिकको नेतृत्वमा २०१४–१५ सिजनमा युभेन्टसलाई ३–१ ले हराएर उपाधि जितेको थियो । यसपछि भने बार्सिलोना फाइनल नपुगेको झण्डै ११ वर्ष भइसकेको छ । यो अवधिमा टोली दुईपटक मात्रै सेमिफाइनलसम्म पुग्यो । जसमा, २०१८–१९ र गत संस्करणको प्रतियोगिता हुन् ।
बार्सिलोना फाइनल नपुगेको ११ सिजनको अवधिमा ला लिगाकै अर्को टोली रियल मेड्रिडले उपाधिमा वर्चश्व नै बनायो । प्रतियोगितामा रियल मेड्रिडले ५ पटक उपाधि जितेको थियो । अन्यमा जर्मन टोली बायर्न म्युनिख, इंग्लिस टोलीहरू लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी तथा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले एक–एक पटक उपाधि जिते । यस सिजनको फाइनल हुन बाँकी छ ।
२०१४–१५ मा च्याम्पियन बनेपछि बार्सिलोनाको सिजन
२०१५–१६ क्वार्टरफाइनल–एटलेटिको मेड्रिडसँग ३–२ ले हारेको (रियल मेड्रिड च्याम्पियन)
२०१६–१७ क्वार्टरफाइनल –युभेन्टससँग ३–० ले हारेको (रियल मेड्रिड च्याम्पियन)
२०१७–१८ क्वार्टरफाइनल–४–४ बराबरी, रोमासँग घरेलु मैदानमा बढी गोल बेहोर्दा पराजित) (रियल मेड्रिड च्याम्पियन)
२०१८–१९ सेमिफाइनल–लिभरपुलसँग ४–३ ले हारेको, पहिलो लेगको ३–० को अग्रता जोगाउन नसकेको ( लिभरपुल च्याम्पियन )
२०१९–२० क्वार्टरफाइनल–बायर्न म्युनिखसँग ८–२ ले हारेको (यो सिजन दोहोरो लेग नभएको) ( बायर्न म्युनिख च्याम्पियन )
२०२०–२१ नकआउट– पेरिस सेन्ट जर्मेनसँग ५–२ ले हारेको ( चेल्सी च्याम्पियन )
२०२१–२२ ग्रुप स्टेज ( रियल मेड्रिड च्याम्पियन )
२०२२–२३ ग्रुप स्टेज ( म्यानचेस्टर सिटी च्याम्पियन )
२०२३–२४ क्वार्टरफाइनल– पेरिस सेन्ट जर्मेनसँग ६–४ ले हारेको ( रियल मेड्रिड च्याम्पियन )
२०२४–२५ सेमिफाइनल– इन्टरमिलानसँग ७–६ ले पराजित ( पेरिस सेन्ट जर्मेन च्याम्पियन )
२०२५–२६ क्वार्र्टरफाइनल– एटलेटिको मेड्रिडसँग ३–२ ले पराजित (च्याम्पियन ?)
बार्सिलोनाले उपाधि जितेको सिजन
१९९१–९२ इटालीयन टोली साम्पडोरियालाई १–० ले हराएको (रोनाल्ड कोइम्यानको गोल)
२००५–०६ इंग्लिस क्लब आर्सेनललाई २–१ ले हराएको (सेमुल इटो र बेलीटीको गोल)
२००८–०९ इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेडलाई २–० ले हराएको (इटो र मेसीको गोल)
२०१०–११ म्यानचेस्टर यूनाइटेडलाई ३–१ ले हराएको (पेड्रो, डेभिड भिल्ला र मेसीको गोल)
२०१४–१५ इटालीयन टोली युभेन्टसलाई ३–१ ले हराएको (नेयमार, राकिटिच र लुइस स्वारेजको गोल)











प्रतिक्रिया