ललितपुरमा मिनी ट्रक दुर्घटना, चार जनाको मृत्यु


ललितपुर ।

ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा प्रदेश–०१–००४ क६२२८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटना हिजो राति उकालो चढ्ने क्रममा भएको प्रहरीले जनाएको छ।

घटनामा गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ। घाइतेमध्ये गोपी कार्कीको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।