काठमाडौँ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा भएको विशेष महाधिवेशनपछि सार्वजनिक निर्वाचन तालिका परिमार्जन गरिएको छ ।
विशेष महाधिवेशनद्वारा गठित निर्वाचन समितिले नेतृत्व चयनका लागि परिमार्जन गरेको तालिकाअनुसार बिहीबार बिहान २ देखि ५ बजेसम्म मतदान हुने भएको छ ।
यसैगरी उम्मेदवारको प्रथम नामावली प्रकाशन आज राति १० बजे, उम्मेदवारीमाथि दाबीविरोध १०ः१५ देखि १०ः३० बजे, उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ३० गते राति ११ः३५ बजे तोकिएको समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।











प्रतिक्रिया