प्रधानमन्त्री कार्कीले आज चाैथाे पटक मन्त्रीपरिषद विस्तार गर्दै

नवनियुक्त मन्त्रीले आजै शपथ लिने


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार चाैथाे पटक मन्त्रीपरिषद विस्तार गर्न लागेकी छन्। प्रधानमन्त्री कार्कीको सिफारीसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दिउँसाे ४ जना मन्त्री नियुत्त गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको हाे।

प्रधानमन्त्री कार्कीको सिफारीसमा मन्त्री बन्नेहरुमा कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेको बुझिएको छ। उनीहरुलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भन्ने एकिन नभएता पनि शुक्रबार दिउँसाे ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथग्रहण कार्यक्रमको तयारी भएको जनाइएकाे छ।

मौजुदा मन्त्रीपरिषदमा प्रधानमन्त्री कार्कीसहित १० जना सदस्य रहेका छन् । यसअघि प्रधानमन्त्री कार्कीले ३ पटक मन्त्रीपरिषद विस्तार गरेकी थिइन्।