ईश्वर पोखरेल र अध्यक्ष ओलीबीच गुण्डुमा छलफल


काठमाडौँ।

पार्टीकाे ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तागरेका छन्।

अध्यक्ष ओलीकाे निवास भक्तपुरकाे गुण्डु पुगेर पोखरेलसहित आफ्नाे पक्षमा खुलेका पदाधिकारीहरूले उनीसंग भेटवार्ता गरेका हुन् । ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई गुण्डुमा पुगेका थिए ।

महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद भएका जिल्लाहरूको बारेमा छलफल गर्न लागि पोखरेलको टोली गुण्डु गएको बताइएको छ।