नेपालमा हुवावे वाच जीटी ६ सिरिज सार्वजनिक


हुवावेले नेपालमा आफ्नो नयाँ हुवावे वाच जीटी ६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत हुवावे वाच जीटी ६ र हुवावे वाच जीटी ६ प्रो मोडेलहरू समावेश छन् । टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मापदण्डहरू स्थापित गरेको छ ।

हुवावे वाच जीटी ६ ४६ एमएम र ४१एमएम दुवै साइजमा उपलब्ध छ । यसमा ३,००० निट्स सम्मको ब्राइटनेससहितको एएमओएलइडी डिस्प्ले, परिष्कृत स्टेनलेस–स्टील डिजाइन छ । मोडेलअनुसार १४ देखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस लाइनअपको प्रमुख आकर्षण हो ।

हुवावे वाच जीटी ६ को मूल्य छानिएको भेरियण्टअनुसार रु. ३४,४९० देखि रु. ३९,४९० सम्म पर्छ। यस्तै, प्रिमियम बिल्डसहितको हुवावे वाच जीटी ६ प्रो रु. ५४,४९० देखि रु. ७४,४९० को मूल्यमा उपलब्ध छ। प्रो भेरियण्ट किन्नेहरूलाई रु. ५,४९० मूल्यको हुवावे बड्स एसई २ उपहार रूपमा प्राप्त हुन्छ।

दुवै मोडेलमा १०० भन्दा बढी वर्कआउट मोडहरू, मल्टि–जीएनएसएस पोसिसनिङ, र एन्ड्रोइड तथा आईओएस सँग अनुकूल हुवावे हेल्थ एप मार्फत सहज कनेक्टिभिटी जस्ता सुविधाहरू समावेश छन् । हुवावे वाच जीटी ६ सिरिज अधिकृत पुनर्विक्रेता इफिक्स नेपाल, दाराज, तथा देशभरका खुद्रा स्टोरमार्फत उपलब्ध छ ।