नेपाली काँग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय


काठमाडौं । 

नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, केन्द्रीय समितिको बैठकले यस निर्णय गरेको हो।

डा. महतले जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको उचित निकास निर्वाचन नै भएको बताए। उनले अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन केवल राजनीतिक मात्रै नभई संवैधानिक विषय पनि भएकोले यसको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने बताए।