सङ्कटपछि सङ्कटमा डुबेको देश : समाधानको मोर्चामा डा. शेखर कोइराला

राजनीतिक अराजकता बीच कांग्रेसमा स्थिरताको विकल्प– डा. शेखर कोइराला

8.46k
Shares

काठमाडौँ ।

नेपाल हाल गम्भीर राजनीतिक अस्थिरता, सुशासन संकट, सुरक्षागत कमजोरी र भ्रष्टाचारका काण्डहरूका कारण अनिश्चिततामा फसेको छ। यस्तो विषम अवस्थामा ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनमा अग्रणी कोइराला परिवारको भूमिकाको निरन्तरता जोगाउँदै कांग्रेसका नेता डा. शेखर कोइराला आशाको दियो बनेर उदाएका छन्।

२०६२/६३ को शान्तिपूर्ण आन्दोलनदेखि माओवादीलाई मुख्यधारमा ल्याउने जोखिमपूर्ण मध्यस्थता, संविधान निर्माण प्रक्रियामा सहायक भूमिकासहित उनी गिरिजाप्रसाद र सुशील कोइरालाको विश्वसनीय सहयोगी रहँदै आएका थिए। हाल देखिएको जेनजी आन्दोलन, त्यसपछिको हिंसा, भ्रष्टाचारका उजागर काण्डहरू र राज्यका तीनै अंग कमजोर बनाउने प्रयासबीच डा. कोइरालाको संयमित, सन्तुलित र नैतिक नेतृत्वले पुनः ध्यान खिचेको छ।

कांग्रेसभित्र बढ्दो विभाजन, अनिर्णय र नेतृत्वहीनताका कारण उत्पन्न चुनौतीबीच उनी मध्यमार्गी, समावेशी र सिद्धान्तमा अडिग नेताका रूपमा पार्टीलाई एकताबद्ध गर्दै देशलाई निकास दिन सक्ने सशक्त विकल्पका रूपमा हेरिएको छ। युवाको नयाँ चेतना र पुरानो पुस्ताको मूल्यपरम्पराबीच पुल बन्नसक्ने क्षमता बोकेका डा. शेखर कोइरालालाई आज मुलुकले लोकतान्त्रिक स्थिरता र सुशासनको प्रमुख आशा रूपमा लिएको छ।