नर्वेलाई विश्वकपमा पु¥याएका हालान्ड

3.1k
Shares

नर्वेले झण्डै २८ वर्षपछि फिफा विश्वकपमा खेल्ने भएको छ । नर्वेले योसमेत गरी चौथो पटक फिफा विश्वकप खेल्दैछ । यसअघि नर्वेले १९३८, १९९४ र १९९८ का विश्वकप खेलेको थियो । यी तीनै विश्वकपमा टोलीले क्वार्टरफाइनलसम्म पनि यात्रा गर्न सकेको थिएन । १९३८ र १९९८ का विश्वकपमा अन्तिम १६ सम्म पुगेको टोली १९९४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

नर्वेलाई यसपटक विश्वकपमा पु¥याउनको लागि स्ट्राइकर अर्लिङ हालान्डको ठूलो योगदान रह्यो । उनीविना नर्वेली टोली विश्वकपको कल्पना गर्न पनि सकिँदैन । आइतबार भएको खेलमा पनि नर्वेले चार पटकको विश्व च्याम्पियन इटालीलाई ४–१ ले हराउँदा हालान्डले २ गोल गरेका थिए । यो जितले नर्वे समूह विजेता हुँदैं विश्वकपमा छनोट हुँदा इटालीको लागि प्लेअफमा खेल्न बाध्य तुल्याइदियो ।

हालान्डले विश्वकप क्वालिफाइंगमा उनको राष्ट्रिय फुटबल टोलीका लागि १६ गोल गरेका हुन् । नर्वेले क्वालिफाइंगमा ८ खेल खेल्दा विपक्षी टोलीहरूविरुद्ध ३७ गोल गरेको थियो । जसमा, १६ गोल त हालान्डकै देन रह्यो । अरु बाँकी २१ गोल अन्य खेलाडीबाट भएको थियो ।

यो क्वालिफाइंगमा हालान्ड नर्वेली टोलीका लागि मात्रै उच्चतम स्कोरर बनेका होइनन् । उनी यस विश्वकप क्वालिफाइंगमा सबै महादेशीयतर्फको क्वालिफाइंगमा समेत गरी सर्वाधिक गोल स्कारेरसमेत बनेका हुन् ।

हालान्डको गोल

-विश्वकप २०२६ क्वालिफाइंगमा सर्वाधिक गोल गर्ने खेलाडी ।

-१६ गोल गरेको, दोस्रो स्थानका खेलाडीले गरेको गोलभन्दा दोब्बरसंख्या ।

-नर्वेको राष्ट्रिय फुटबल टोलीका लागि ४८ खेल खेल्दै ५५ गोल गरेको ।

-५० भन्दा कम खेल खेलेर ५० गोल गर्ने उनी विश्वका छैटो खेलाडी ।

-यस सिजनमा म्यानचेस्टर सिटीका लागि २० खेलमा ३२ गोल गरिसकेको ।