पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि


काठमाडौं।

आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ ले सहजै पराजित ग¥यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे ।

जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले पाखा लगायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ५ अंक जोडिन् ।