पोखरा एन्ड्युरो माउन्टेन बाइकमा हिकमत च्याम्पियन

1.03k
Shares

कास्की।

छ वटा ट्रेल १३ मिनेट ९ सेकेण्डमा पुरा गर्दै तेस्रो संस्करणको पोखरा एन्ड्युरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेस अन्तर्गत इलिट तर्फको उपाधि पोखराका हिकमत विकले जितेका छन् ।

सो विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो भएका छन् । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गरेका थिए भने अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गरेका थिए । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमिटर ३६३ मिटर दूरीको थियो ।
महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डंगोल दोस्रो हुनुभएको थियो । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्ड ८० मिलिसेकेन्डमा पार गर्दा कृपा डंगोलको समय भने २० मिनेट १५ सेकेन्ड ४० मिलिसेकेन्ड रह्यो ।

प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको थियो । समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ ।

यो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ । विजेतालाई पोखरा १३ वडाका वडाध्यक्ष किरण बरालले पुरस्कार प्रदान गरे ।