काठमाडौं ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा तथा हार्ट कल्व नेपालको संयुक्त आयोजनामा शनिवार जेष्ठ नागरिकमा मधुमेहको असरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तरक्रियामा वरिष्ठ मधुमेह विशेषज्ञ डा. ज्योति भट्टराईले जेष्ठ नागरिकलाई हुने मधुमेहलाई नियन्त्रणमा खानपानमा ध्यान दिनुका साथै राख्न व्यायाम, योग र हलुका घुमफिर पनि आवश्यक भएको बताउनुभयो ।
विश्व मधुमेह दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा डा. भट्टराईले उपचारको मात्र भर नपरी जेष्ठ नागरिकले खुसी र सुखी जीवनमात्र बिताउन सकेमात्र पनि आधा मधुमेह त्यसै निको हुने बताउनुभयोे । उहाँले मधुमेह र उच्च रक्तचापलाई बेवास्ता नगरी समयमै डाक्टरको परामर्श लिई उपचार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।











प्रतिक्रिया