काठमाडौँ।
कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ । साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको हो ।
पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, अभिनेत्री रीमा विश्वकर्मासमेत आबद्ध भएका छन् । त्यस्तै घिसिङको पार्टीमा डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङलगायत रहेका छन् । कुलमान घिसिङ आफू भने केन्द्रीय समितिमा पनि बसेका छैनन् ।
कुलमान आफु अहिले मन्त्री रहेकोले केन्द्रीय समितिमा समेत नबसेको बुझिएको छ ।













प्रतिक्रिया