कर्पोरेट टि–१० क्रिकेट प्रतियोगिता हुने


काठमाडौँ ।

स्पोटर््स एन्ड इभेन्ट्सको आयोजनामा कर्पोरेट टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगीता माघ १४ गते देखि माघ २१ गतेसम्म काठमाडौको मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहनेछ । प्रतियोगिता टि–१० फम्र्याटमा खेलिनेछ र खेलका नियमहरू आईसीसीको आधिकारिक नियम अनुसार हुने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीको रूपमा राख्न पाइनेछ । प्रत्येक टिमले कम्तिमा ३ म्याच खेल्न पाउनेछ । प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आकर्षक पुरस्कार सहित सम्मान प्राप्त गर्नेछ । कर्पोरेट टि–१० क्रिकेट प्रतोयोगिताले नेपाली कर्पोरेट क्रिकेट क्षेत्र मा अर्को नयाँ स्तर थप्ने विश्वास आयोजकले लिएको छ ।