उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरपालिकाभित्रका विदेशमा गएर रोजगारी गर्ने क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुकोलागि दशै खर्च उपलब्ध गराएको छ ।
नगरपालिकाले चौदण्डीगढी नगरपालिकाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई सेवा तथा सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि–२०८३’ बनाएर विदेशमा ज्यान गुमाएका २९ जनाको परिवारलाई जम्मा १ लाख ४५ हजार रुपैया मंगलबार वितरण गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाका अनुसार नगरपालिकाले वैदेशिक राजगारमिा गएर रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारको पीडा देखेर बुझेर आर्थिक अवस्था दयनीय भएकोले नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्नेक्रममा थोरै भए पनि दशै खर्चका रुपमा सहयोगरेको बताउनु भयो ।
नगर प्रमुख लामाले नगरपालिकाको आर्थिक सहयोगमा वैदेशिक रोजगारीमा जन गुमाएका पीडित परिवारकालागि कार्यविधि बनाएर व्यवसाय गर्न आर्थिक सहयोग गर्दे आएको, उनीहरुको छोराछोरीलाई १२ कक्षा सम्म निशुल्क शिक्षा दिदै आएको, स्वास्थ्य उपचारकालागि आधार स्वास्थ्य उपचारमा कार्ड बनाएर निशुल्क उपचार गर्दै आएको बताउनु भयो ।
यसैगरी विपन्न मुशहरका २२८ परिवारलाई दशै खर्च प्रति परिवार रु. ३ हजारका दरले उपलब्ध गराएको र चाडपर्वका बेला राहत र खुसीको अनुभूति गराउने उद्देश्यले नगरपालिकाले अभिभावकत्व ग्रहण गरेर सहयोग गरेको नगर प्रमुख लामाले बताउनु भयो ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रोशनी कार्कीले उदयपुरमा चौदण्डीगढी नगरपालिकाले पहिलो पटक वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका व्यक्तिहरुको पीडित परिवारलाई दशै खर्च उपलब्ध गराएर सानो भए पनि राहत महसुस गराएको जानकारी दिंदे पीडित विदेशमा ज्यान गुमाएका २९ जनाको आश्रित परिवारलाई रु ५ हजारका दरले जम्मा १ लाख ४५ हजार वितरण गरिएको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीले पीडित महिलाहरुकालागि नगर पालिकाले उद्यम विकास कार्यक्रममा समावेश गराएर आत्म निर्भर बनाउन सहयोग गर्नुका साथै सीप विकासमा तथा अन्यप्कारका आय आर्जन मूलक कार्यक्रममा आर्थिक, प्राविधिक, सामाजिक सहयोग परामर्श दिँदै आएको बताउनु भयो ।
नगर प्रमुख कालुमान लामाले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकको दुःखमा स्थानीय सरकार साथमा रहेको अनुभूति गराउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले चाडपर्वका बेला आश्रित परिवारको मुहारमा मुस्कान ल्याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको स्पष्ट पार्दै कार्यक्रमलाई अन्यथा व्याख्या नगर्न आग्रह गर्नुभयो । “हामीले अहिले उपलब्ध गराएको रकमले सबै समस्या समाधान हुँदैन । तर, उहाँहरूलाई चाडपर्वका बेला केही खुसी बाँड्न र स्थानीय सरकार साथमा छ भन्ने अनुभूति गराउन खोजेका हौँ,” नगर प्रमुख लामाको भनाइ थियो ।
कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलालले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकको पीडामा मलम लगाउने प्रयासस्वरूप चाडपर्व खर्च उपलब्ध गराइएको बताउनुभयो । उहाँले उपलब्ध गराइएको रकम पर्याप्त नभए पनि चाडपर्वका बेला परिवारमा केही खुसी साट्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चौदण्डीगढी नगरपालिकाले चाडपर्व खर्चसँगै सीप विकास र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।














प्रतिक्रिया