काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव बढिरहेको भन्दै उनले सतर्क रहन अनुरोध गरेका हुन्।
घटनापछि उद्धार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको उनले बताएका छन्।गृहमन्त्री गुरुङले सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, आपतकालीन सहायताका लागि गृह मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।











प्रतिक्रिया