ओखलढुङ्गा ।
नेपाली लोकदोहोरी गायिका कविता खत्रीले अशन्न काँग्रेस अधिवेशनमा उम्मेदवारी दर्ता गराएकी छन् । गायिका खत्रीले नेपाली काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि युवा महिला पदका लागी उम्मेदवारी दिएकी हुन ।
गायिका खत्रीले ओखलढुङ्गा प्रदेश ख को युवा महिला पदमा उम्मेदवारी दिएकी छिन । युवाको नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागी आफूले उम्मेदवारी दिएको खत्रीको भनाई रहेको छ । राजनीतिक रुपमा महिलाहरुको प्रतिनिधित्व मात्रै नभएर निर्णयकारी भूमिकामा समेत महिलालाई सहभागिता गराउनु पर्ने उनको भनाई रहेको छ ।
यसै गरी हाल विकराल बन्दै गएको महिलामाथि हुने सामाजिक तथा डिजिटल हिंसा रोक्न राजनैतिक तहबाट ब्यापक पहल हुनु पर्ने समेत गायिका खत्रीले बताएकी छिन । यसैगरी युवा र महिलाका लागी पार्टीभित्र नेतृत्व विकासको अवसर हुनु पर्ने, अग्रजको अनुभव र युवाको ऊर्जाबिच नेतृत्व पुस्तान्तरण हुनु पर्नेमा उम्मेदवार खत्रीको जोड रहेको छ ।
गायिका खत्रीको नमस्ते ढोगदिया बोलको गीत सर्वाधिक रुचाइएको लोकदोहोरी गीत रहेको छ । गायिका खत्रीले नमस्ते ढोगदियाको अलावा देउ न त्यो मन बिउ खायो चल्लैले ओखलढुङ्गा सुन्दर लगायतको गीत सार्वजनिक गरेकी छिन । २८ वर्षीय गायिका खत्रीको जन्म लिखु गाउँपालिका वडा नम्बर ७ ओखलढुङ्गामा भएको हो ।











प्रतिक्रिया