ओखलढुङ्गा कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन स्थगित  


ओखलढुङ्गा । 

नेपाली कंग्रेस ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन स्थगित गरिएको छ । प्रतिकुल मौसमका कारण निर्धारित समयमा क्षेत्रीय अधिवेशन गर्न नसकिने नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले जनाएको छ । 

यही असोज १० गते बिहान जिल्ला कार्यसमितिका पदाधिकारी शीर्षस्थ नेता तथा निर्वाचनमा खटिएका कर्मचारीहरू बिचको परामर्शमा नयाँ मिति तोकेर सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई जानकारी गराइने नेपाली कांग्रेस ओखलढुङ्गाका सचिव अजय लुइटेलले बताएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।