उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बुधबार बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस गाडी ठक्कर खाई दुर्घटना हुँदा १७ जना मानिसहरु घाईते भएका छन् ।
उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्कालै अस्थायी पहरी पोष्ट संगमचोकबाट र जिल्ला प्रहरी कार्यालय उदयपुरबाटसमेत प्रहरी निरीक्षक बिपेश कुमार देवको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको, घाईतेको अवस्था अनुसार १० जना घाईतेहरु सुविधा सम्पन्न अस्पतालमा रेफर समेत गरिएको छ । ट्रक चालक रत्न बहादुर तामाङ प्रहरीको नियन्त्रणमा रहेका छन्, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
हायसमा सवार जिल्ला गोर्खा घरभै काठमाडौं चन्दागिरी न पा वडा नं १४ बस्ने वर्ष ५६ की इन्दिरा श्रेष्ठको अबवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ ।
जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा न. ७ बस्ने वर्ष २७ की पवित्रा भट्टराईको अवस्था मध्यम रहेको ।
जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष ४८ की रुक माया श्रेष्ठको अवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी काठमाण्डौको चन्द्रागिरी १४ बस्ने वर्ष ५३ की पविना श्रेष्ठको अवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ । मोरङ कानेपोखरी गा.पा वडा नं ६ रमाइलो बस्ने वर्ष २४ को लबिन चौलागाईको अवस्था मध्यम रहेको । हायसको सहचालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं ६ रमाइलो बस्ने वर्ष ४० को देवराज बि.क को अवस्था मध्यम रहेको र थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ ।
हायस चालक कानेपोखरी ६ रमाइलो बस्ने वर्ष ४४ को राम बहादुर बि.क.को अवस्था मध्यम रहेको र थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ । बाँके नेपालगञ्ज न.पा. वडा नं ३ बस्ने वर्ष २१ की लक्ष्मी गिरीको अबस्था सामान्य रहेको । जिल्ला उदयपुर त्रियुगा न.पा.वडा नं ३ मिलन चोक बस्ने वर्ष ४२ की रस्मिला दाहालको अबस्था मध्यम रहेको । मोरङ सुन्दरहरैचा न पा वडा नं ०६ बस्ने वर्ष ७९ की जमुना राईको अबस्था सामान्य रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएकोछ । ऐ ऐ बस्ने वर्ष ४१ को एदु चन्द्र राईको अवस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ ।
यसैगरी अन्य घाइतेहरुमा जिल्ला ईलाम जोग माई न.पा. वडा न १ बस्ने वर्ष २५ को सगुन गुरुङको अबस्था सामान्य रहेको । जिल्ला उदयपुर बेलका न।पा। वडा नं. ६ बस्ने वर्ष ३१ को डम्बर बहादुर बि.क को अबस्था सामान्य रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएकोछ । सिन्धुली कमलामाई न.पा. वडा नं १ बस्ने वर्ष ४० की सानु थापाको अबस्था सामान्य रहेको छ ।
मोरङ कानेपोखरी गा.पा. वडा नं ६ बस्ने बर्ष अ २१ को करुण बि.कको अबस्था मध्यम रहेको ।
उदयपुर कै बेलका न.पा. वडा नं ६ बस्ने वर्ष २० को सुदिप राईको अबस्था मध्यम रहेको । थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर भएको छ । काठमाडौं बुढानिलकण्ठ न.पा. वडा ५ वस्ने वर्ष ४३ की शान्ति न्यारिकाको अबस्था मध्यम रहेको । उनलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया