प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

0
Shares

खोटाङ। 

 नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा  चयन हुनुभएको हो ।

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत रहनुभएको शेर्पा यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष्मा मनिता राई चयन हुनुभएको छ । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई सदस्यमा चयन गरिएको युनियनको निबर्तमान जिल्ला अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो ।

अधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगिन राई र एल्जिसा राई तथा संघीय महाधिवेशन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौंलागाई, राजकुमार भट्टराई, रविना सुवेदी खत्री र खिलन राई चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई युनियनका केन्द्रीय प्रतिनिधि कृष्ण आचार्यले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।

जिल्ला अधिवेशन तथा साधारणसभाको उद्घाटन नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्र राईले गर्नुभएको थियो ।